काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल अन्तर्गत आफ्नो अन्तिम खेलमा मध्यपुर युथ एसोसियनले जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा मध्यपुरले नयाँबस्ती युथ क्लबलाई ३-१ गोल अन्तरले हराएको हो।
मध्यपुरलाई जित दिलाउन सन्जिब थापा मगर, आशिक गुरुङ र यमन राजबाहकले एक एक गोल गरे ।
नयाँबस्तीका अभय धिमालले एक गोल फर्काए ।
जितसँगै मध्यपुरले १३ खेलमा १७ अंक जोड्यो ।
नयाँबस्तीले १३ खेलमा १५ अंक जोड्यो ।
'बी' डिभिजन लिग अन्तर्गत नै दशरथ रंगशालामा भएको खेल ब्वाइज युनियनले जित निकालेको छ ।
ब्वाइजले श्री कुमारी क्लबलाई ३-१ गोल अन्तरले हराएको हो ।
ब्वाइजलाई जित दिलाउन विवेक राई, मिलन लिम्बु र रञ्जित गुरुङले एक एक गोल गरे ।
श्रीकुमारीका राज भुसालले एक गोल फर्काए ।
यस जितसँगै ब्वाइजले १३ खेलमा १६ अंक जोड्यो ।
श्री कुमारीले १३ खेलमा १६ अंक नै जोड्यो ।