काठमाडौं । युवा फरवार्ड केलियन एमबाप्पेलाई क्लबमै राख्न पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मोटो रकमको प्रस्ताव गर्ने तयारी गरेको छ ।
स्पेनिस क्लब रियल मड्रिड जाने चर्चा चलिरहेको बेला पीएसजीले मोटो रकममा एमबाप्पेलाई क्लबमै राख्ने तयारी गरेको फुटबल एक्पर्ट गुइलम बालागुएले जनाएका छन् ।
पीएसजीले उनलाई आगामी सिजन क्लबमै राख्न १५० मिलियन पाउण्डको प्रस्ताव गर्न लागेको जनाईएको छ ।
२३ वर्षीय फरवार्डको पीएसजीसँगको सम्झौता यसै समरमा सकिदैछ । एमबाप्पेले गत महिना रियलसँग अनुबन्धको लागि आर्थिक प्याकेजमा सहमति जनाएका थिए ।
तर, पीएसजी उनलाई राख्न प्रयासमा रहेको छ । पीएसजीले उनलाई वार्षिक तलब २१ मिलियन पाउण्डको प्रस्ताव समेत अघि सार्ने बताईएको छ ।
फ्रेन्च फरवार्ड एमबाप्पे भने रियल जाने योजनामा रहेका छन् । उनले आफ्नो रोजाई रियल रहेको बताउदै आएका थिए ।