काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा सेभियाले सहज जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा सेभियाले ग्रानडालाई ४-२ गोल अन्तरले हराएको हो ।
सेभियाले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।
खेलको २३ औं मिनेटमा डार्विन माचिसले गोल गर्दै ग्रानडालाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, ३२ औं मिनेटमा डिएगो कार्लोसले गोल गर्दै सेभियालाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ६६ औं मिनेटमा लुकास ओकम्प्सले गोल गर्दै सेभियालाई २-१ को अग्रता दिलाए ।
८८ औं मिनेटमा भिक्टर डियाज मिगुएलले गोल गर्दै ग्रानडालाई २-२ को बराबरीमा ल्याए ।
खेलको इन्जुरी समयको तेस्रो मिनेटमा राफा मिरले गोल गर्दै सेभियालाई ३-२ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयको नवौं मिनेटमा पापु गोमेजले गोल गर्दै सेभियालाई ४-२ को जित दिलाए ।
यस जितसँगै सेभियाले ३१ खेलमा ६० अंक जोडेको छ ।
सेभिया दोस्रो स्थानमा रहेको छ ।
ग्रानडा २९ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।