काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्सिभ मिडफिल्डर रोहित चन्द इन्डोनेसियाको लिगा वान फुटबलमा सर्वाधिक धेरै मिनेट खेल्ने खेलाडीको सूचीमा परेका छन् ।
पर्सिजा जकार्ताबाट इन्डोनेसियाको लिग खेलिरहेका रोहित सर्वाधिक धेरै मिनेट खेल्ने खेलाडीको सूचीको शीर्ष पाँचमा परेका हुन् ।
सन् २०२१/२२ को सिजन सकिएपछि लिगा वानले सार्वजनिक गरेको तथ्यांकअनुसार रोहित सूचीको चौंथो स्थानमा अटाएका छन् । लिगा वानले २०१७ देखि २०२२ सम्मको तथ्यांक अनुसार सूची तयार गरेको हो ।
तथ्यांक अनुसार रोहितले कुल १०.०८६ मिनेट मैदानमा बिताएका छन् ।
सूचीको शीर्ष स्थानमा आरोन इभान्स, दोस्रो स्थानमा रिको रहेका छन् । जोहान अहमेद तेस्रो र विल्जन पुलिम पाँचौ स्थानमा छन् ।