काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत फ्रेईवर्गविरुद्ध १२ खेलाडी मैदान प्रवेश गराएको बायर्न म्युनिखलाई कारबाही नहुने भएको छ ।
जर्मन फुटबल एसोसियनले बायर्नलाई कारबाही नहुने पुष्टि गरेको छ ।
जर्मन फुटबलले १२ खेलाडी मैदान प्रवेशमा क्लबको नभई म्याच अफिसियलको गल्ति भएको जनाएको छ ।
गत शनिबार राति बायर्नले फ्रेईवर्गलाई ४-१ गोल अन्तरले हराएको हो । जुन खेलमा१७ सेकेण्डसम्म मैदानमा बायर्नका १२ खेलाडीले खेलेका थिए ।
लिगमा बायर्नले २८ खेलमा ६६ अंक जोडेको छ । बायर्न शीर्ष स्थानमा रहेको छ ।