काठमाडौं । चेल्सी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।
शनिबार भएको चौंथो चरणमा प्लेमाउथलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै चेल्सी अर्को चरणमा पुगेको हो ।
स्टामफोर्ड ब्रिजमा खेलको आठौं मिनेटमा मेकोउले गिलेस्फेले गोल गर्दै प्लेमाउथलाई सुरुआती अग्रता दिलाएका थिए।
तर, खेलको ४१ औं मिनेटमा कप्तान सेजर एज्पिलिक्वेटाले गोल गर्दै चेल्सीलाई १-१ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको निर्धारित ९० मिनेटसम्म दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयमा चेल्सीका मार्कोस अलन्सो नायक बने । उनले १०५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।
यस्तै खेलको ११७ औं मिनेटमा प्लेमाउथले पेनाल्टीको अवसर पाएको थियो ।
तर, प्लेमाउथका रायन हार्डीको पेनाल्टी प्रहार चेल्सीका गोलकिपर केपाले उत्कृष्ट बचाऊ गरे ।
वेस्ट ह्याम युनाईटेड पनि पाँचौं चरणमा प्रवेश गरेको छ ।
वेस्ट ह्यामले किडरमिनिस्टर हरियर्सलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराएर पाँचौं चरणमा स्थान बनाएको हो ।