काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका युवा विंगर एन्थोनी इलांगालाई सामाजिक संजालमा दुर्व्यवहार भएको छ ।
एफए कपको चौंथो चरणमा मिड्ल्सब्रोविरुद्ध पेनाल्टीमा चुकेका एन्थोनीलाई सामाजिक संजालमा दुर्व्यवहार भएको हो ।
एन्थोनीलाई सामाजिक संजालमा जातीय दुर्व्यवहारको सन्देशहरु आएको बताईएको छ ।
१९ वर्षीय विंगरले पेनाल्टी सुटआउटमा गोल गर्न चुकेपछि युनाईटेड ८-७ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।