काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा गेटाफेले सहज जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा गेटाफेले लेभान्टेलाई ३-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा खेलको पहिलो मिनेटमै इनेस उनलको गोलबाट गेटाफेले सुरुआती अग्रता बनाएको थियो ।
खेलको २९ औं मिनेटमा उनलले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई गेटाफेलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा कार्लेस अलेनाले गोल गर्दै गेटाफेलाई ३-० को जित दिलाए ।
यस जितसँगै गेटाफे २३ खेलमा २५ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
लेभान्टे ११ अंक जोडेर पुछारमा रहेको छ ।