काठमाडौं । इटालियन क्लब एसी मिलानका डिफेन्डर माटियो गाबियाले क्लबसँगको सम्झौता नवीकरण गरेका छन्।
मिलानले शुक्रबार सेन्टरब्याक माटियोले सम्झौता नवीकरण गरेको जनाएको छ ।
२२ वर्षीय डिफेन्डर अब २०२६ सम्म मिलानमा रहने छन् ।
मिलानको एकेडेमीमा हुर्किएका माटियोले मिलानका लागि ३१ खेल खेलेका छन् ।
माटियोले इटालीको युथ टिमबाट खेलिसकेका छन् ।
इटालीको सिनियर टिमका लागि भने डेब्यु गरेका छैनन् ।