काठमाडौं । इजिप्ट अफ्रीका कप अफ नेसन्स फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको खेलमा आयोजक क्यामरुनलाई पेनाल्टी सुटआउटमा हराउँदै इजिप्ट उपाधि नजिक पुगेको हो ।
खेलको निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो।
पेनाल्टी सुटआउटमा इजिप्ट ३-१ ले विजयी भयो ।
पेनाल्टीमा इजिप्टका अहमेद सायद, मोहमद अब्देलमोनेम र मोहनद लाश्हेनले गोल गरे ।
क्यामरुनका भिसेन्ट अबुबाकरले गोल गरे । हारोल्ड मोउकोदी, जेम्स सिलिकी र क्लिन्टन एनजीले गोल गर्न सकेनन् ।
अब उपाधिका लागि इजिप्टले सेनेगलको सामना गर्नेछ । फाइनल खेल आइतबार हुनेछ ।