काठमाडौं । प्रिमियर लिग क्लब एभर्टनले इंग्ल्यान्डका पूर्व डिफेन्डर एस्ले कोललाई प्रशिक्षक नियुक्त गरेको छ ।
एभर्टनले कोललाई मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डको सहायकको रुपमा नियुक्त गरेको हो ।
एभर्टनले गत सोमबार लाम्पार्डलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
कोल लाम्पार्डका पूर्व टिम सहकर्मी समेत हुन् ।
४१ वर्षीय कोल चेल्सीको एकेडेमीको प्रशिक्षक छाडेर एभर्टन आएका हुन् ।
कोलले यस अघि इंग्ल्यान्डको पुरुष यू-२१ टोलीको सहायक प्रशिक्षक रहेर काम गरिसकेका छन् ।
चेल्सीका पूर्व लेफ्ट ब्याक कोलले २०१९ को अगस्टमा खेल जीवनबाट सन्यास लिएका थिए ।
खेल जीवनपछि उनी प्रशिक्षकको रुपमा देखिदै आएका छन् ।