काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड पिएरे एमरिक अबमेयाङले २५ नम्बरको जर्सी लगाउने भएका छन् ।
बार्सिलोनाले बिहीबार गाबोनका फरवार्ड अबमेयाङलाई २५ नम्बरको जर्सी दिईएको जनाएको छ ।
बार्सिलोनाले फ्री ट्रान्सफरमा अबमेयाङलाई अनुबन्ध गरेको थियो ।
आर्सनलका पूर्व कप्तान समेत रहेका अबमेयाङले बार्सिलोनासँग २०२५ सम्मको सम्झौता गरेका छन् ।
बार्सिलोनाले ३२ वर्षीय स्ट्राइकरको रिलिज क्लउज १०० मिलियन युरो राखेको छ ।
अबमेयाङले डिसेम्बरमा अनुशासनको कारबाहीमा परेपछि आर्सनलका लागि खेलेका थिएनन् ।
अबमेयाङले आर्सनलका लागि १ सय ६३ खेलमा ९२ गोल गरेका थिए ।
यस सिजन अबमेयाङले १५ खेलमा ७ गोल गरेका थिए ।