काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ माल्दिभ्स प्रस्थान गरेका छन् ।
माल्दिभ्समा व्यवसायिक फुटबल खेलिरहेका कप्तान किरण बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
किरणले माजिया स्पोर्ट्स एण्ड रिक्रिएसम क्लबबाट माल्दिभ्सको शीर्ष डिभिजनको 'धिवेही प्रिमियर लिग' खेलिरहेका छन्।
तर, अफ्रिकी राष्ट्र मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि किरण नेपाल आएका थिए ।
किरणको कप्तानीमा नेपालले दुबै खेलमा जित निकालेको थियो ।
दशरथ रंगशालामा नेपालले दुबै खेलमा मरिससलाई १-० ले हराएको थियो ।
नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रसँग खेलेको हो ।