काठमाडौं । एभर्टनले इंग्ल्यान्डका मिडफिल्डर डेली अलीलाई अनुबन्ध गरेको छ ।
एभर्टनले टोटेनहमबाट मिडफिल्डर अलीलाई अनुबन्ध गरेको हो ।
अलीले एभर्टनसँग साढे दुई वर्षको सम्झौता गरेका छन् ।
२५ वर्षीय मिडफिल्डर अलीले ७ वर्ष टोटेनहममा बिताएर क्लब छाडेका हुन् ।
अलीले टोटेनहमका लागि २ सय ६९ खेलमा ६७ गोल गरेका थिए ।