काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब टोटेनहमले विंगर डेजन कुलुसेभेस्की र मिडफिल्डर रोड्रिगो बेन्टानकुरलाई अनुबन्ध गरेको छ ।
टोटेनहमले इटालियन क्लब युभेन्ट्सबाट डेजन र रोड्रिगोलाई अनुबन्ध गरेको हो ।
उरुग्वेका मिडफिल्डर रोड्रिगोले टोटेनहमसँग साढे चार वर्षको सम्झौता गरेका छन् ।
२४ वर्षीय रोड्रिगोले युभेन्ट्सका लागि १ सय ३३ खेलमा २ गोल गरेका थिए ।
यस्तै स्विडेनका विंगर डेजनलाई टोटेनहमले लोनमा अनुबन्ध गरेको हो ।
डेजन १८ महिनाका लागि लोनमा प्र्मियर लिग क्लब आएका हुन् ।