एजेन्सी । म्यानचेस्टर सिटीले अर्जेन्टिनी फरवार्ड जुलियन अल्वारेजलाई अनुबन्धन गरेको छ ।
प्रिमियर लिग क्लब सिटीले अर्जेन्टिनी क्लब रिभर प्लेटका खेलाडी अल्वारेजलाई १७ मिलियन युरोमा अनुबन्धन गरेको हो ।
२२ वर्षिया खेलाडी अल्वारेजले सिटीसँग साढे ५ वर्षको सम्झौता गर्न सहमत बनेका छन् । तर उनी जुलाईसम्म अर्जेन्टिनी च्याम्पियन क्लबमा लोनमा रहनेछन् ।
रिभर अध्यक्ष जर्ज ब्रिटोले प्रिमियर लिगको च्याम्पियन क्लबले अल्वारेज अनुबन्धनका लागि रिलिज क्लज पुरा गरेको बताए ।
अल्वारेजले क्लबका लागि ९६ खेलमा ३६ गोल पुरा गरेका छन् । उनले ६ अन्तराष्ट्रिय क्याप समेत जितेका छन् ।
उनलाई दक्षिण अमेरिकी फुटबलको एक उत्कृष्ट खेलाडी मानिन्छ । उनले गत समरमा अर्जेन्टिनामा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । उनले जुलाईमा अर्जेन्टिनाबाट कोपा अमेरिकाको उपाधि उचालेका थिए ।
सिटीका फुटबल निर्देशक छिकी बेगिरिस्टेनले भनेका छन्, ‘मलाई वास्तबमा विश्वास छ कि हामी उसलाई आफ्नो क्षमता पुरा गर्न र शीर्ष खेलाडी बन्नका लागि सही अवसर प्रदान गर्नेर्छौ ।’
रिभर क्लबका अध्यक्ष ब्रिटोले अल्वारेजलाई छाड्नका लागि अपरिहार्य रहेको बताएका छन् ।
‘यदी जुलियनले जे गरेका छन्, उसलाई हेर्दा लाग्छ, यो सधै सम्भावना थियो कि उसको रिलिज क्लब पुरा हुनेछ ।’ उनले थपे ।
‘एउटा कठिन काम लोनमा सहमत हुन थियो । किनकी जुलियन अहिलेको टिममा व्यवहारिक रुपमा अपरिहार्य छन् ।’ उनले भनेका छन् ।