काठमाडौं । इंग्ल्यान्डका पूर्व मिडफिल्डर फ्रान्क लाम्पार्ड इंग्लिस क्लब एभर्टनको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
एभर्टनले सोमबार लाम्पार्डलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
४३ वर्षीय लाम्पार्डले एभर्टनसँग साढे दुई वर्षको सम्झौता गरेका छन् ।
एभर्टनले गत साता मुख्य प्रशिक्षक राफायल बेनिटेजलाई बर्खास्त गरेको थियो ।
चेल्सीबाट बर्खास्तमा परेपछि लाम्पार्ड पनि क्लब विहीन रहेका थिए ।
लाम्पार्डको नेतृत्वमा एभर्टनले शनिबार एफए कपमा ब्रेन्टफोर्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।