काठमाडौं । म्यानचेस्टर युनाईटेडका मिडफिल्डर डोनी भान डी विक एभर्टन जाने भएका छन् ।
भान डी विकलाई युनाईटेडले लोनमा एभर्टन पठाउन लागेको हो ।
डच मिडफिल्डरलाई लोनमा अनुबन्ध गर्न एभर्टन सहमत भएको बताईएको छ ।
भान डी विकलाई अनुबन्धको लागि क्रिस्टल प्यालेसले समेत चासो दिएको थियो।
भान डी विक सन् २०२० मा आयाक्सबाट युनाईटेड आएका थिए ।
तर, उनले युनाईटेडमा प्रभाव जमाउन सकिरहेका छैनन् ।