काठमाडौं । नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ताले ईन्डोनेसियाको लिग वान फुटबलमा पराजित भएको छ ।
आइतबार भएको खेलमा पर्सिजा पुछारको पेर्सिराजा बन्दासँग १-० गोल अन्तरले पराजित भएको हो ।
पेर्सिराजालाई जित दिलाउन भीभी अस्रिजालले ६७ औं मिनेटमा निर्णायक गोल गरे ।
यस्तै खेलको ८२ औं मिनेटमा पर्सिजाका टोनी सुसिप्टोले पेनाल्टीमा गोल गर्न सकेनन् ।
पेर्सिराजाविरुद्ध रोहितले पुरै समय मैदानमा बिताएका थिए ।
यस हारसँगै पर्सिजाले २२ खेलमा ३२ अंक जोडेको छ । पर्सिजा लिगको छैटौं स्थानमा रहेको छ ।
पेर्सिराजा ११ अंक जोडेर पुछारमा रहेको छ ।