काठमाडौं । म्यानचेस्टर युनाईटेडका पूर्व स्ट्राइकर ओडीयन इघालो एसियन च्याम्पियन अल हिलालमा अनुबन्धित भएका छन् ।
नाइजेरियन फरवार्डले साउदी अरेबियन क्लबसँग १८ महिनाको सम्झौता गरेका छन् ।
अल हिलालले इघालोलाई अल शाबबबाट अनुबन्ध गरेको हो ।
इघालोले अल हिलालमा ९ नम्बरको जर्सी लगाउने छन् ।
३२ वर्षीय इघालो साउदीको लिगमा सर्वाधिक गोलकर्ता मध्ये एक रहेका छन् ।
इघालोले १२ गोल गरेका छन् ।
इघालोले युनाईटेडका लागि एक वर्ष लोनमा खेलेका थिए ।