काठमाडौं । इंग्लीस फुटबल क्लब फुलह्यामका एक समर्थकको हृदयघातका कारण मृत्यु भएको छ ।
च्याम्पियनसिप अन्तर्गत फुलह्याम र ब्ल्याकपुलबीचको खेल चलिरहदा फुलह्यामका समर्थक पल प्यारिसको मृत्यु भएको हो ।
पललाई सुरुमा ह्यामरस्मिथ स्टान्डमा उपचार गरिएको थियो त्यसपछि अस्पताल पुर्याइएको थियो ।
अस्पतालमा उनको मृत्यु भयो ।
पललाई हृदयघात भएपछि खेल करिब ४० मिनेट रोकिएको थियो ।