काठमाडौं । बुर्किना फासो अफ्रीका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति भएको खेलमा ट्युनिसियालाई १-० गोल अन्तरले हराउँदै बुर्किना अन्तिम चारमा पुगेको हो ।
बुर्किनालाई जित दिलाउन डाङ्गो क्वाटराले निर्णयाक गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा क्वाटराले गोल गरेका हुन् ।
यस्तै खेलको ८२ औं मिनेटमा क्वाटराले रातो कार्ड पाएपछि बुर्किना १० खेलाडीमा समेटिएको थियो ।
अब बुर्किनाले सेमिफाइनलमा सेनेगल र इक्वेटोरियल गिनीबीचको विजेतासँग खेल्नेछ।