काठमाडौं । आयोजक क्यामरुन अफ्रीका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति भएको खेलमा गाम्बियालाई २-० गोल अन्तरले हराउँदै क्यामरुन अन्तिम चारमा पुगेको हो ।
क्यामरुनलाई जित दिलाउन कार्ल टोको इकाम्बीले दुई गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा कार्लले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ५७ औं मिनेटमा कार्लले व्यक्तिगत दोस्रो गोल गर्दै क्यामरुनलाई २-० को जित दिलाए ।
क्यामरुनले फाइनल प्रवेशका लागि इजिप्ट र मोरक्कोबीचको विजेतासँग खेल्नेछ।