काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ति मगर मरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा प्लेयर अफ द म्याच चुनिएका छन् ।
दशरथ रंगशालामा शनिबार नेपाललाई जित दिलाउन निर्णायक गोल गरेका विमल प्लेयर अफ दि म्याच चुनिएका हुन् ।
अफ्रिकी राष्ट्र मरिससविरुद्ध नेपाललाई १-० को जित दिलाउन विमलले ५५ औं मिनेटमा गोल गरेका थिए ।
प्लेयर अफ दि म्याच चुनिएका विमलले केटिएम सिटीबाट ५० हजार नगद पुरस्कार पाए ।
यस्तै हाम्रो फुटबल नेपालबाट २५ हजार पाए ।
विमलले लामो समयपछि नेपालका लागि गोल गरेका हुन् । विमलले करिब ३ वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् ।
विमलले नेपालका लागि हालसम्म ९ गोल गरेका छन् ।