काठमाडौं । सुदिप गुरुङ र आकाश बुढा मगरले नेपालको राष्ट्रिय फुटबल टिमबाट डेब्यु गरेका छन् । शनिबार अफ्रिकी राष्ट्र मरिससविरुद्ध मैदान उत्रदै दुवै खेलाडीले राष्ट्रिय टिमबाट डेब्यु गरेका हुन् ।
सुदिप र आकाश सातदोबाटो युथ क्लबबाट खेल्ने गर्छन् ।
सुदिपले ८५ औं मिनेटमा आकाश ज्यु ठकुरीको स्थानमा मैदान प्रवेश गरेका थिए । २६ खेलाडी सुदीपले सातदोबाटो युथ क्लबबाट उत्कृष्ट प्रर्दशन गर्दै उनले राष्ट्रिय टिमबाट स्थान बनाएका हुन् ।
आकाशले तेज तामाङलाई स्थानान्तरण गर्दै मैदान प्रवेश गरेका थिए । दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा आकाश मैदान छिरेका थिए । आकाशले उमेर समुहको राष्ट्रिय टिमबाट खेलिसकेका हुन् ।
शीर्ष डिभिजनको नवप्रवेशी क्लब सातदोबाटोको मिडफिल्डमा प्रभावशाली प्रर्दशन गरेका आकाशलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय टिममा समावेश गरेका थिए ।
मरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा मुख्य प्रशिक्षक अलमुताइरीले दुई खेलाडीलाई राष्ट्रिय टिमबाट डेब्यु गराएका छन् । दुवै खेलाडी ललितपुरे क्लब सातदोबाटोबाट ब्यवसायीक फुटबल खेलिरहेका छन् ।
बिमल घर्तिमगरको गोलमा नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मरिससलाई १–० ले हराएको छ । दोस्रो खेल आगामी मंगलबार हुनेछ ।