काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा अहिले अफ्रिकी राष्ट्र मरिसससँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिससको सामना गर्दैछ । नेपाल र मरिससबीचको खेल ४:४५ बजे सुरु हुनेछ।
नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो । नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण भने मंगलबार खेल्नेछ ।
नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मरिससविरुद्ध खेलका लागि किरण चेम्जोङको कप्तानीमा सुरुआती-११ को घोषणा गरेका छन् ।
नेपालको सुरुआती-११ :
गोलकिपर - किरण लिम्बु
डिफेन्डर - गौतम श्रेष्ठ, दिनेश राजवंशी,देवेन्द्र तामाङ,सुमन अर्याल
मिडफिल्डर - सुरज ज्यु ठकुरी, सुमन लामा, तेज तामाङ
फरवार्ड - अन्जन विष्ट, विमल घर्ति मगर, सुनिल बल