काठमाडौं । इंग्लिस क्लब एभर्टनले इंग्ल्यान्डका पूर्व मिडफिल्डर फ्रान्क लाम्पार्डलाई मुख्य प्रशिक्षकको प्रस्ताव गरेको छ।
एभर्टनले मुख्य प्रशिक्षकको जिम्मेवारी लिन लाम्पार्डलाई प्रस्ताव गरेको बीबीसीले जनाएको छ ।
चेल्सीबाट बर्खास्तमा परेपछि लाम्पार्ड क्लब विहीन रहेका छन् ।
एभर्टन पछिल्लो समय केयर टेकर प्रशिक्षक डुनकान फर्गुसनको नेतृत्वमा रहेको छ ।
एभर्टनले मुख्य प्रशिक्षक राफायल बेनिटेजलाई बर्खास्त गरेपछि फर्गुसनलाई केयर टेकरको जिम्मेवारी दिएको हो ।
एभर्टनले गत आइतबार बेनिटेजलाई बर्खास्त गरेको थियो ।