काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको छनोटमा पेरुले कोलम्बियालाई हराएको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत शनिबार पेरुले कोलम्बियालाई १-० गोल अन्तरले हराएको हो ।
पेरुको जितमा एडिसन फ्लोरेसले निर्णायक गोल गरे । उनले खेलको ८५ औं मिनेटमा गोल गरेका थिए ।
यस जितपछि पेरुले १५ खेलमा २० अंक जोडेको छ ।
पेरु चौंथो स्थानमा रहेको छ ।
कोलम्बिया १७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
अर्को खेलमा पुछारमा भेनेजुएलाले बोलिभियालाई ४-१ गोल अन्तरले हराएको छ ।