एजेन्सी । लिभरपुलले कोलम्बिया तथा पोर्टोका विङ्गर लुईस डियाजलाई अनुबन्धनको आकर्षक प्रस्ताव गरेको छ ।
एनफिल्ड क्लबले कोलम्बियन खेलाडी डियाजका लागि ४५ मिलियन पाउण्डको प्रस्ताव गरेको छ । जसमा आकर्षक बोनश समेत राखिएको छ ।
प्रिमियर लिग क्लबले समरसम्म खेलाडीलाई पर्खने योजना बनाएको थियो । तर उसले आफ्नो योजनालाई परिवर्तन गरेको छ । र डियाजलाई अनुबन्धन नगरेको अवस्थामा पोर्टोका खेलाडी अन्य क्लबमा जाने लिभरपुललाई डर छ ।
२५ वर्षिया खेलाडी पछिल्लो समय टोटेनहमसँग जोडिएका थिए । टोटेनहमले राखेको ३८ मिलियन पाउण्डको प्रस्तावलाई उनले अस्विकार गरिसकेका छन् ।
लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपको नजरमा डियाज पहिलो रोजाई हुन् । क्लबले डियाजका लागि ६० मिलियन मुल्य राखेको छ । डियाज अहिले राष्ट्रिय टिममा छन् ।
डियाजले लिभरपुलविरुद्ध यस सिजनमात्र दुई पटक खेलेका थिए । समूह चरणमा पोर्टो ५–१ र २–० ले पराजित बनेको खेलमा डियाज टिममा थिए ।
पोर्टोले च्याम्पियन्स लिगको नकआउट चरण पार गर्न सकेन । सो समुहबाट लिभरपुल र एट्लेटिको मड्रिड नकआउट चरण पुगेका थिए । तर पोर्टो पोर्चुगलको शीर्ष डिभिजनको क्लब हो ।
डियाजले यस सिजन पोर्टोका लागि १८ खेलमा १४ गोल गर्नुका साथै ५ गोलको अवसर सिर्जना गरेका छन् ।
यो सम्झौता पुरा भएको खण्डमा जुलियन वार्डको ठुलो सफलता मानिनेछ । माइकल एडवर्ड्सले समरमा क्लब छाडेपछि वार्डले लिभरपुलको खेल निर्देशकको जिम्मेवारी सम्हाल्नेछन् ।
वार्डले डियाजलाई अनुबन्धन गर्ने कामको नेतृत्व गरेका थिए । जसमा एडवर्ड्सले समेत महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।
लिभरपुरले पछिल्लो समय विश्व फुटबलमा प्राप्त गरेको सफलतामा एडवर्ड्सको कामलाई महत्वपुर्ण रुपमा लिइने गरिन्छ ।