काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरन चेम्जोङले मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा छुट्टै अनुभव हुने बताएका छन् ।
मरिससविरुद्धको मैत्रीपूर्ण खेल अघि शुक्रबार आयोजित पत्रकार सम्मेलनका क्रममा चेम्जोङले अफ्रिकी मुलुकविरुद्ध खेल्दा छुट्टै अनुभव हुने बताए ।
नेपाल र मरिससबीचको पहिलो मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार हुँदैछ । दोस्रो खेल मंगलबार हुने तालिका रहेको छ ।
‘हामी इतिहासमै पहिलो पटक अफ्रिकी मुलुकसँग खेल्दैछौ, हाम्रो लागि यो छुट्टै अनुभव हुनेछ,’ चेम्जोङले भने ।
कप्तान चेम्जोङले मैत्रीपूर्ण खेल भएपनि सकारात्मक नजिताको अपेक्षा रहेको बताए ।
‘यस खेलबाट केही सिक्ने अवसर पनि मिल्नेछ,’ उनले थपे ।
चेम्जोङले नेपाली टोली खेलका लागि तयार रहेको समेत बताए ।
नेपालका सहायक प्रशिक्षक किरन श्रेष्ठले पहिलो खेलका लागि नेपालले सबै तयारी पुरा गरिसकेको बताए ।
उनले नेपालले पहिलाको गल्तिलाई सुधारेर प्रदर्शन गर्ने जनाए ।
‘पहिलाको गल्तीलाई सुधारेर हामी एउटा राम्रो प्रदर्शन गर्ने आशा राखेका छौ,’ प्रशिक्षक श्रेष्ठले थपे ।