काठमाडौं । मरिसस फुटबल टोलीका प्रशिक्षक टोनी फ्रान्कोइसले नेपालविरुद्धको मैत्रीपूर्ण खेलमा राम्रो प्रदर्शन गर्ने अपेक्षा रहेको बताएका छन् ।
नेपालविरुद्धको दुई मैत्रीपूर्ण खेल अघि आयोजित पत्रकार सम्मेलनका क्रममा टोनीले राम्रो खेलको अपेक्षा रहेको बताए ।
नेपाल र मरिससबीचको पहिलो मैत्रीपूर्ण खेल दशरथ रंगशालामा शनिबार हुँदैछ ।
दोस्रो खेल भने मंगलबार दशरथ रंगशालामै हुनेछ ।
‘हामी पहिलो पटक नेपाल आएका हौ । नेपालविरुद्ध राम्रो खेलको अपेक्षा गरेका छौ,’ टोनीले भने ।
टोनीका अनुसार मरिससले पछिल्ला साढे दुई बर्षदेखि खासै खेलहरु खेल्न पाएको छैन ।
‘हामीले खेलका लागि ४५ दिनको अभ्यास गरेका थियौ,’ टोनीले थपे ।