काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले मनाङ मर्स्याङ्दी क्लब र ब्रिगेड ब्वाइजबीच प्रतिस्पर्धा भईरहेको छ ।
पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मनाङले १-० गोलको अग्रता बनाएको छ ।
कप्तान अन्जन विष्टले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका हुन् ।
यस्तै ब्रिगेडले पेनाल्टीको अवसर गुमाएको थियो ।
मनाङ ६ खेलमा १३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एएफसी कप छनोट खेल्नका लागि मनाङलाई ब्रिगेडविरुद्ध जित्नैपर्ने दबाब छ ।
ब्रिगेड ६ खेलमा ५ अंक जोडेर लिगको १२ औं स्थानमा रहेको छ ।