काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले जित निकालेको छ ।
शनिबार भएको खेलमा थ्री स्टारले जवालाखेल युथ क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।
थ्री स्टारलाई जित दिलाउन आयुष घलान र ऋतिक कुमार खड्काले एक एक गोल गरे।
जावलाखेलका निकोलस फर्नान्डेसले एक गोल फर्काए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको सातौं मिनेटमा आयुषले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको २६ औं मिनेटमा ऋतिकले गोल गर्दै पहिलो हाफमा थ्री स्टारलाई २-० को अग्रता दिलाएका हुन् ।
दोस्रो हाफमा जवालाखेलले एक गोल फर्कायो । निकोलसले ५५ औं मिनेटमा गोल गर्दै जावलाखेललाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि दुबै टोलीले थप गोल निकाल्न सकेनन् ।
थ्री स्टारको दोस्रो जित हो । यस जितसँगै लिगको पाँचौं स्थानमा उक्लिएको छ ।
थ्री स्टारले ७ खेलमा १० अंक जोडेको छ ।
जावलाखेलले ७ खेलमा ७ अंक जोडेको छ । जावलाखेल नवौं स्थानमा रहेको छ ।
थ्री स्टारका कप्तान बिक्रम लामा म्यान अफ दि म्याच चुनिए ।
इमर्जिङ प्लेयर ऋतिक खड्का बने ।