काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले थ्री स्टार क्लब र जवालाखेल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टारले २-० को अग्रता बनाएको छ ।
थ्री स्टारका लागि आयुष घलान र ऋतिक कुमार खड्काले एक एक गोल गरे ।
खेलको सातौं मिनेटमा आयुषले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको २६ औं मिनेटमा ऋतिकले गोल गर्दै पहिलो हाफमा थ्री स्टारलाई २-० को अग्रता दिलाएका हुन् ।
थ्री स्टार ६ खेलमा ७ अंक जोडेर लिगको आठौं स्थानमा रहेको छ ।
जावलाखेल ६ खेलमा ७ अंक जोडेर नवौं स्थानमा रहेको छ ।