बेसीसहर । रामपुर एफसी रोड्स बेसीसहरमा जारी २९ औं त्रिवेणी कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको खेलमा बेसीसहर युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै रामपुर अन्तिम आठमा पुगेको हो ।
रामपुरलाई जित दिलाउन नवराज गुरुङले दुई गोल गरे ।
बेसीसहरका अनुप गुरुङले एक गोल फर्काए ।
आगामी पुस २१ गतेसम्म चल्ने प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।
यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाउने छन् ।