काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज शनिबार तीन खेलहरु हुँदैछन् ।
लिगको सातौं चरण अन्तर्गत शनिबार तीन खेलहरु हुनेछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल पोखरा रंगशालामा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लब र जवालाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र जवालाखेलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
थ्री स्टार ६ खेलमा ७ अंक जोडेर लिगको आठौं स्थानमा रहेको छ । जावलाखेल ६ खेलमा ७ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
यस्तै पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लब र ब्रिगेड ब्वाइजबीच खेल हुनेछ । मनाङ र ब्रिगेडबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
मनाङ ६ खेलमा १३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एएफसी कप छनोट खेल्नका लागि मनाङलाई ब्रिगेडविरुद्ध जित्नैपर्ने दबाब छ ।
ब्रिगेड ६ खेलमा ५ अंक जोडेर लिगको १२ औं स्थानमा रहेको छ ।
दशरथ रंगशालामा हुने अर्को खेलमा संकटा क्लब र च्यासल युथबीच प्रतिस्पर्धा हुनेछ । संकटा र च्यासलबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
संकटा क्लब ६ खेलमा १२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । च्यासल ४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।