चितवन । माडी गोल्डकप फुटबल प्रतियोगितामा माघमा आयोजना हुने भएको छ ।
चितवनको बसन्तपुर युनाईटेड क्लबको आयोजनामा हुने प्रतियोगिता माघको १ देखि ८ गतेसम्म हुनेछ ।
प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
माडी नगरपालिकाको मुख्य प्रबर्द्धन र चितवन जिल्ला फुटबल संघको प्रबर्द्धनमा सञ्चालन हुन लागेको प्रतियोगिताको विजेताले उपाधि सहित २ लाख ५० हजार र उपविजेताले १ लाख २५ रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीलाई १५ हजार तथा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई जनही १० हजार पाउने छन् । सर्वाधिक गोलकर्तालाई १२ हजार प्रदान गरिने बताईएको छ ।
प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक र उदयीमान खेलाडीलाई जनही ६ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।