काठमाडौं । स्ट्राइकर सन्तोष साहुखलले च्यासल युथ क्लबबाट सहिद स्मारक 'ए' डिभिजन लिग खेल्ने भएका छन् ।
च्यासलले सामाजिक संजालबाट सन्तोषले जारी लिग खेल्ने जनाएको छ ।
सन्तोष लिग खेल्नकै लागि जापानबाट नेपाल आईसकेका छन् ।
च्यासलले यस सिजन उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन ।
च्यासल ६ खेलमा ४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
अघिल्लो सिजन समेत सन्तोषले च्यासलबाट खेलेका थिए ।
अघिल्लो सिजन च्यासलबाट खेल्दै उनले 'ए' लिगमा १०० गोलको आँकडा पूरा गरेका थिए ।
सन्तोषको दाइ बाल गोपाल साहुखल च्यासलको मुख्य प्रशिक्षक रहेका छन् ।