पोखरा । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार मनाङ मर्स्याङ्दी क्लब र बिग्रेड ब्वाइज क्लब बिच प्रतिस्पर्धा हुँदैछ ।
तीन खेल पोखरामा खेल्ने कार्यतालिका अनुसार सातौं चरण अन्तर्गत मनाङले शनिबार बिग्रेड ब्वाइज क्लबसंग प्रतिस्पर्धा गर्न लागेको हो । पोखरा रंगशालामा दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
पोखरामा आयोजित पि–म्याच कन्फरेन्समा बोल्दै मनाङका कप्तान अन्जन बिष्टले मैदान उत्रन आफूहरु तयार रहेको बताए।
मनाङका विदेशी प्रशिक्षक प्रशिक्षक फुजा टोपेलेले पछिल्लो खेलमा मनाङले हार व्यहोरेको भन्दै रक्षात्मक भन्दापनि आक्रमक रुपमा आफूहरु मैदान उत्रने बताए ।
यस्तै ब्रिगेड ब्वाइजका प्रशिक्षक समिर विष्टले यस अगाडिका कमजोरीहरुलाई औंल्याएर मैदान उत्रिने बताए ।