काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले सहज जित निकालेको छ ।
शुक्रबार भएको खेलमा एनआरटीले फ्रेन्ड्स क्लबलाई ३-२ गोल अन्तरले हराएको हो।
एनआरटीलाई जित दिलाउन मेसुके ओलुमोउले दुई गोल गरे । यस्तै स्टेभेन समिरले एक गोल थपे ।
फ्रेन्ड्सका जमोउल एन्थोनी र नाथनियल गार्सियाले एक एक गोल फर्काए ।
खेलको पाँचौ मिनेटमा स्टेफनले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए ।
२० औं मिनेटमा मेसुकेले गोल गर्दै एनआरटीको अग्रता २-० को बनाए ।
खेलको ८१ औं मिनेटमा एन्थोनीले गोल गर्दै फ्रेन्ड्सलाई २-१ को स्थितिमा ल्याए ।
खेलको इन्जुरी समयको चौंथो मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयको छैटौं मिनेटमा फ्रेन्ड्सका गार्सियाले गोल गरेपनि एनआरटी ३-२ ले विजयी भयो ।
जितसँगै एनआरटीले ७ खेलमा १० अंक जोडेको छ । एनआरटी पाँचौ स्थानमा उक्लिएको छ ।
फ्रेन्ड्सले ७ खेलमा ३ अंक जोडेको छ ।
फ्रेन्ड्स पुछारमा रहेको छ । यस हारले फ्रेन्ड्समाथि रेलिगेसन दबाब बढेको छ ।
फ्रेन्ड्स जारी लिगमा जित निकाल्न नसक्ने एक्लो टिम हो।