काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले फ्रेन्ड्स क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा एनआरटीले २-० को अग्रता बनाएको छ ।
पहिलो हाफमा एनआरटीका लागि स्टेभेन समिर र मेसुके ओलुमोउले एक एक गोल गरे ।
फ्रेन्ड्स ६ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ । फ्रेन्ड्स जारी लिगमा जित निकाल्न नसक्ने एक्लो टिम हो ।
एनआरटी ६ खेलमा ७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।