काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले गोल्डेन प्लेयर अवार्ड प्राप्त गरेका छन् ।
लेवान्डोस्कीले इटालियन न्युज पेपर टुट्टोस्पोर्ट्सले प्रदान गर्ने गोल्डेन प्लेयर अवार्ड जितेका हुन् ।
टुट्टोस्पोर्ट्सले आयोजना गरेको भोटिङमा सर्वाधिक भोट प्राप्त गर्दै लेवान्डोस्कीले यस अवार्ड जितेका हुन् ।
सन् २०२०/२१ को सिजन युरोपियन फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन शु अवार्ड समेत जितेका थिए ।
लेवान्डोस्कीले गत सिजन बुन्डेसलिगामा २९ खेलमा ४१ गोल गरेका थिए ।
३३ वर्षीय लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनले बायर्न बुन्डेसलिगा च्याम्पियन बनेको थियो ।