काठमाडौं । सहिद स्मारक लिग 'ए' डिभिजन ०७८ मा संकटाका निरज वस्नेतले गरेको गोल ५० औं रह्यो ।
अहिलेसम्म चार चरणमा २८ खेल भए र त्यसमा १.७८ औसतले गोल भएका छन् ।
तीन खेलाडीले तीन गोल, पाँच खेलाडीले दुई गोल तथा २९ खेलाडीले एक एक गोल गरेका छन् ।
यस्तै दुई खेलाडीको नाममा एक एक आत्मघाती गोल रहेको छ ।
यस्तोमा ३९ खेलाडीको नाममा गोल रह्यो ।
गोलकर्ताहरू :
३ गोलकर्ता : मार्टिन्स अजयी (सातदोबाटो), सुनिल बल (मछिन्द्र), निरज वस्नेत (संकटा)
२ गोलकर्ता : रुमेश बर्तौला (च्यासल), दिनेश राई (बीबीसी), सुमन लामा (पुलिस), आफिज आलावाले (मनाङ), दिनेश राजवंशी (मनाङ)
१ गोलकर्ता : प्रकाश बुढाथोकी (फ्रेन्ड्स), नथालिलया जुड (फ्रेन्ड्स), सुदीप गुरुङ (सातदोबाटो), सुशील राई (सातदोबाटो), त्रिदेव गुरुङ (हिमालयन), विश्वास श्रेष्ठ (हिमालयन), लक्ष्मण रुचाल (संकटा), फोडे फोफाना (संकटा), उत्तम राई (संकटा), अनन्त तामाङ (थ्री स्टार), निशान खड्का (थ्री स्टार), राफेल बिडियास (थ्री स्टार), मिक्छेन तामाङ (थ्री स्टार), दयानन्द सिंह (मनाङ), फ्रायन्कलिन कुएटे (मनाङ), सुरज गुरुङ (बीबीसी), आषिश लामा (एपीएफ), बिके तामाङ (एपीएफ), विवेक वस्नेत (आर्मी), भरत खवास (आर्मी), जर्ज प्रिन्स कार्की (आर्मी), जगजित श्रेष्ठ (आर्मी), सन्तोष हेमरुन (पुलिस), रंजित धिमाल (मछिन्द्र), नोर्लोन नोभ्रुजोभ (मछिन्द्र), विमल घर्मिमगर (मछिन्द्र), एरिक विष्ट (एनआरटी), दीपेश घले (एनआरटी), स्टेफन बिनोङ (एनआरटी) ।
आत्मघाती गोल– करण रावत (सातदोबाटो), सीमान्त थापा (जावलाखेल)