नारायण क्षेत्री ।
पोखरा । आगामी पुष २० गते देखि २४ सम्म पोखरामा दोस्रो पावर हाउस कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।
पोखरा–१७ विरौटा स्थित रामेश्वर युवा क्लबको आयोजनामा पावरहाउस खेल मैदानमा हुने प्रतियोगिताका लागि टिम दर्ताको कार्य भइरहेको क्लबका अध्यक्ष गणेश ढुंगानाले बताए । टिम दर्ताका लागि ४ हजार शुल्क लाग्ने छ ।
प्रतियोगिताको विजेताले टिमले ५० हजार, दोस्रो हुनेले नगद ३० हजार प्राप्त गर्नेछ ।
त्यस्तै उत्कृष्ट खेलाडीलाई ३ हजार, उत्कृष्ट गोलकिपरलाई २ हजार र उत्कृष्ट गेलकर्तालाई २ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको पहिलो उपाधि पावरहाउस युवा क्लबले जितेको थियो । पहिलो संस्करणमा पन्ध्र टिमले सहभागिता जनाएका थिए ।