काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा जावलाखेल र ब्रिगेडले गोलरहित बराबरी खेलेका छन् ।
आज दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रिएका छन् ।
जावलाखेल आज पहिलो अंकको खोजीमा रहेको छ । जावलाखेलले अघिल्ला तीन खेलमा लगातार हार ब्यहोरेको छ । जावलाखेल अंक विहीन रहदै पुछारमा रहेको छ ।
ब्रिगेड आज दोस्रो जितको खोजीमा हुनेछ । ब्रिगेड ४ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
जावलाखेललाई हराएर ब्रिगेड अंक तालिका सुधार गर्न चाहन्छ ।