अलिख नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन फुुटबल लिगको नवौं चरणसम्मको खेलतालिका सार्वजनिक गरेको छ ।
चौथों चरणको खेल चलिरहदा सोमबार एन्फाले नवौं चरणसम्मको तालिका सार्वजनिक गरेको हो ।
तालिका अनुसार पाँचौं चरणका खेलहरु पुस २ देखि ५ गतेसम्म हुनेछ भने छैटौं चरणका खेलहरु पुस ९ देखि १२ गतेसम्म चल्नेछ ।
सातौं चरणका खेलहरु पुस १६ देखि १९ गतेसम्म संचालन हुनेछ भने आठौं चरणका खेलहरु पुस २३ देखि २६ गतेसम्म चल्ने एन्फाले जनाएको छ ।
नवौं चरणका खेलहरु पुस ३० देखि माघ ३ गतेसम्म हुने भएको छ ।
मनाङ मस्र्याङदी क्लबले पाँचौ, सातौं र आठौं चरणका खेलहरु पोखरा रंगशालामा हुनेछ भने अन्य सबै खेलहरु दशरथ रंगशालामा हुनेछन् ।
मनाङले पाँचौं चरणमा नेपाल पुलिस क्लबसँग पुस ३ गते, ब्रिगेड ब्वाइज क्लबविरुद्ध पुस १७ र च्यासलविरुद्ध पुस २४ मा खेल्नेछ ।
खेलतालिकाः