काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले संकटा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा संकटा १-० गोल अन्तरले अघि रहेको छ ।
संकटाका निरज बस्नेतले १८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।
लक्ष्मण रुचालको कर्नरमा उनले डाइभिङ हेडमार्फत सुन्दर गोल गरे । निरजको जारी लिगमा यो तेस्रो गोल हो ।
यससँगै जारी लिगमा ५० औं गोल समेत पूरा भएको हो ।
आज संकटा र पुलिस जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
संकटा आज दोस्रो जित निकाल्ने योजनामा छ । संकटा ३ खेलमा ५ अंक जोडेर छैटौं स्थानमा रहेको छ । पुलिसलाई हराएर संकटा शीर्ष तीनमा उक्लन चाहन्छ ।
पुलिस पनि आज दोस्रो जितको खोजीमा रहेको छ । पुलिस ५ अंक जोडेर सातौं स्थानमा रहेको छ । संकटालाई हराएर पुलिस शीर्ष तीनमा उक्लन चाहन्छ ।