काठमाडौं । सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबलमा अहिले हिमालयन शेर्पा क्लब र साविक विजेता मछिन्द्र क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्रले १-० गोलको अग्रता बनाएको छ ।
खेलको २९ औं मिनेटमा सुनिल बलले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका हुन् ।
शेर्पा ३ खेलमा २ अंक जोडेर ११ औं स्थानमा रहेको छ । आज मछिन्द्रलाई हराएर शेर्पा पहिलो जित निकाल्न चाहन्छ ।
यता, मछिन्द्र ३ खेलमा अपराजित रहेको छ । ७ अंक जोडेको मछिन्द्र चौंथो स्थानमा रहेको छ । शेर्पालाई हराएर मछिन्द्र शीर्ष टिमसँग अंक बराबरी गर्न चाहन्छ ।