काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले सातदोबाटो युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा सातदोबाटो र एनआरटीले गोलरहित बराबरी खेलेका छन् ।
आज दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रिएका छन् ।
सातदोबाटो ३ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । आज एनआरटीलाई हराएर सातदोबाटो शीर्ष स्थानमा उक्लन चाहन्छ । सातदोबाटो तेस्रो जितको खोजीमा समेत रहेको छ ।
एनआरटी २ अंक जोडेर ११ औं स्थानमा रहेको छ । एनआरटी सातदोबाटोलाई हराएर पहिलो जित निकाल्न चाहन्छ ।