काठमाडौं । के सातदोबाटो युथ क्लबले सहिद स्मारक लिग ए डिभिजनमा उक्लेयता अहिलेको जस्तो उत्कृष्ट सुरुआत पाउने छ भनेर सोचेको थियो होला त ? सायद थिएन् ।
यही टिमले शनिबारको पहिलो खेलमा एनआरटीको सामना गर्नेछ ।
यी दुई टिमबीचको यो पहिलो औपचारिक खेल हुनेछ र यसमा विजयी रहे, सातदोबाटोले दुई खाले उपलब्धी हात पार्नेछ ।
पहिलो, सातदोबाटो अंक तालिकाको शीर्ष स्थानमा उक्लनेछ । अर्को जितको ह्याट्रिकको उपलब्धी भन्ने छ, त्यो भनेको लगातार तेस्रो जित ।
त्यति मात्र होइन्, सातदोबाटोको रक्षापंक्तिले पनि राम्रो प्रदर्शन गरिरहेको छ । सातदोबाटोसँगै आर्मी र मछिन्द्र त्यस्ता तीन टिम रहेका छन्, जसले अहिलेसम्म खालि एकै गोल मात्र खाएको छ ।
त्यसको ठीक विपरित ठूलो अपेक्षाका वावजुत एनआरटी लिगमा राम्रो सुरुआत लिन असफल रहेको छ । एनआरटी तीन खेलमा दुई अंकमै सीमित छ ।